दफा २३
संस्थानको कोष
: (१) संस्थानको आफ्नोे एउटा छुट्टै कोष रहनेछ । ऋण र अनुदान लगायत संस्थानले प्राप्त गर्ने सबै रकम सोही कोषमा जम्मा गरिनेछ र संस्थानको तर्फबाट खर्च गर्नु पर्ने रकमहरू पनि सोही कोषबाट व्यहोरिनेछ ।
(२) कोषको सबै रकम नेपाल राष्ट्र बैंक वा नेपाल सरकारले अनुमति दिएमा अरू बैंकमा जम्मा गरिनेछ ।
(३) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम विनियम बमोजिम अधिकृत कार्यहरूको निमित्त उचित ठहरिएको रकम खर्च गर्ने अधिकार समितिलाई हुनेछ ।